दफा
दुर्घटनाको सूचना

कुनै विष्फोटक पदार्थ उत्पादन भैरहेको, राखिएको वा प्रयोग भैरहेको ठाउँ वा परिवहन भैराखेको वा लाद्ने वा गिराउने काम भैराखेको कुनै बोझ बाहकमा वा सो ठाउँ वा बोझ बाहकको आसपासमा विष्फोट वा आगलागी भै व्यक्तिहरुको जीउ, ज्यान वा सम्पत्तिको नाश भएमा वा ठूलो क्षति भएमा सो ठाउँको तत्काल भोग चलन गर्ने व्यक्ति वा सो बोझ बाहकको धनी वा तत्कालको चालकले सो कुराको सूचना तोकिएको तरीका बमोजिम तोकिएको म्यादभित्र सबैभन्दा नजिकको प्रहरी थाना चौकीको अधिकृत इञ्चार्ज कहाँ दिनुपर्छ ।